२०८३, १७ आश्विन आईतबार

बाँकेमा आलु उत्पादन राम्रो

बाँकेमा आलु उत्पादन राम्रो


नेपालगञ्ज २७ कात्तिक बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ ।

गत वर्ष बाँकेमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ ।

यस जिल्लामा काडनर, लालगुलाब, टिपिएस जातको आलु बढी उत्पादन हुने गरेको छ । यहाँका कृषकले कोहलपुरस्थित शीतभण्डारबाट आलुको बीउ खरीद गर्ने गरेको नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखा प्रमुख जीवनकुमार केसीको भनाइ छ ।

जिल्लाको हिरमिनिया, सीतापुर कोहलपुर, नौबस्तालगायतको क्षेत्रलाई आलु उत्पादन विशेष क्षेत्रका रुपमा विकास गरिएको छ । बैजनाथको टिटिहिरियामा स्थानीय ‘थारु जात’ को आलुको पनि राम्रो उत्पादन हुँदै आएको छ ।

यो क्षेत्रमा किसानले आलुखेती व्यावसायिक रुपमा गर्दै आएका डुडुवा गाउँपालिका हिरमिनियाका किसान इफरादअलि दर्जीले बताउनुभयो ।

मौसममा उत्पादन भएको आलु प्रयोग बाह्रै महीना गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा आलुका लागि शीतभण्डारको निर्माण गरिएको । जिल्लाको बैजनाथ गाउँपालिकाको पेडारीमा अर्को शीतभण्डार निर्माण भइरहेको छ ।

बाँकेमा मागभन्दा कम आलु उत्पादन हुने गरेकाले भारतबाट समेत आलु आयात हुने गरेको आलुका थोक व्यापारी जङ्गली कुम्हारले जानकारी दिनुभयो । जिल्लामा दुई हजार ८५० हेक्टरमा आलु खेती हँुदै आएको छ ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ४ : २२ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार