काठमाडौं, भदौ ११: निर्मला पन्तको बलात्कार र हत्यापछि न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका–१८ सालघारीका १४ वर्षीय सन्नी खुनाको राष्ट्रिय सम्मानका साथ आइतबार महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । सन्नी खुना र उमेश खुना ठूलोबुबा सानोबुबाका छोरा हुन् । उनीहरू सँगै काम गर्ने, खाने, सुत्ने र घुम्ने गर्दथे । उनीहरू…