२०८३, १ श्रावण शनिबार

बाढीमा परी जोर्डनमा २० को मृत्यु, अधिकांश बालबालिका

बाढीमा परी जोर्डनमा २० को मृत्यु, अधिकांश बालबालिका


अम्मान, ९ कात्तिक जोर्डनमा आएको बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अधिकांश विद्यालयका छात्रछात्राहरू रहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

स्थानीय एक पत्रिकाले यस घटनालाई दुःखान्त घटनाको संज्ञा दिएको समाचारमा जनाइएको छ ।  घटनामा परी अरु ३५ जना घाइते भएका छन् । बिहीबार आएको अत्यधिक बर्षाका कारण जोर्डनमा बाढी आएको हो ।

घटनामा परेकाहरूलाई खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीहरूलगायतका विभिन्न निकायका उद्धारकर्ता तथा सहयोगीहरू घटनास्थलमा पुगेका थिए ।  घटनास्थलमा अहिले पनि सुरक्षाकर्मीहरूले हराइरहेका आठ जनाको खोजी गरिरहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

पश्चिमी अम्मानदेखि झण्डै ५० किलोमिटर टाढा पर्ने सो घटनास्थल पर्यटनका लागि लोकप्रिय क्षेत्र मानिन्छ ।  मृत्यु भएका मध्ये अधिकांश ११ देखि १४ बर्षका रहेका थिए । उनीहरू विद्यालयबाट भ्रमणका लागि त्यस तर्फ गएका थिए ।

विद्यार्थी बोकेको बस बाढीले बगाएको थियो ।
यति ठूलो संख्यामा आफ्ना नागरिकको निधन भएपछि जोर्डनका राजा अब्दुल्लाह द्धितीयले बहराइनको भ्रमण स्थगित गर्नुभएको छ ।

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ८ : ४५ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित