काठमाडौँ, २४ असोज : खानेपानी मन्त्रालयले देशभरिको खानेपानीसम्बन्धी समस्या तथा गुनासोको सम्बोधन गर्न विशेष कार्यदल गठन गरेको छ । मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा आज बसेको बैठकले खानेपानीसम्बन्धी देशैभरिबाट प्राप्त भएका गुनासा तथा मागको सम्बोधन गर्न छ सदस्यीय कार्यदल गठन गरेको हो । मन्त्रालयका वरिष्ठ डिभिजनल इञ्जिनियर रामकुमार श्रेष्ठको संयोजकत्वमा गठन गरिएको कार्यदलमा अर्थशास्त्री कमलकान्त…