२०८२, २८ असार शनिबार

गाउँघरमा कुकुर रुनुका कारणहरु यस्तो पाइन्छ

गाउँघरमा कुकुर रुनुका कारणहरु यस्तो पाइन्छ


कुकुर इमान्दार र वफादार जनावर पनि हो । तर कुकुर एकोहोरो स्वरमा रोयो भने गाउँघरमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ। हामी प्रायस् कुकुर विरालो रोएको राम्रो मान्दैनौँ ।

कुकुर रोएमा तथा कराएमा आउदो दिनमा अशुभ घट्ना घट्ने भन्नेमा हामी विश्वास गर्ने गर्दछौँ । त्यसैले कुनै कुकुर तथा विरालो रोएको आवाज आएमा हामी तिनिहरुलाई पिटेर धपाउने गर्दछौँ । के तपाइले कहिले सोच्नु भएको छ आखिर कुकुरहरु किन ठूला स्वरले भुक्ने तथा रुने गर्दछन् । वास्तवमा कुकुर भुक्नु वा रुनु उनीहरु एक अर्कामा सन्देश आदानप्रदान गर्नु हो । कुकुर रुनुका कारणहरु यस्ता छन् ।

कुकुर रुनुका कारणहरुको बारेमा चर्चा गरौ ।

दुखका कारण : कुकुर प्राय चोट तथा दर्द लागेर रुने गर्दछ । यसका साथै कुकुरहरु आउदो दिनको आपतविपत् तथा कष्टको सङ्केत मानिसलाई दिन रुने गर्दछन् ।

रिसको झोकमा : कुकुरहरु ठूलो स्वरमा भुक्ने गर्दछन मूलत यिनीहरु धेरै रिसालु भएका कारण आफ्नो रिस कम गर्न ठुलो स्वरले भुक्ने तथा रुने गर्दछन् ।

भविष्यमा हुने विपतिको सङ्केत दिन : कुकुर विरालो एवम् जुनसुकै जनावर होस् यिनीहरुलाई ईश्वरले एक खास शक्ति दिएका हुन्छन् जसले यि जनावरहरु आउने आपतविपत तथा सङ्कटको सङ्केत यिनिहरुले दिने गर्दछन् । यदि कुनै न कुनै जनावर चाहे त्यो कुकुर होस् या विरालो तिनिहरु विनाकारण कराएमा तथा रोएमा कुनै न कुनै सङ्कट आउन सक्छ ।

एक्लै रहन मन नगरेर : कुकुरलाई मानिसको साथमा बस्न मनपर्छ । चाहे त्यो घरको होस वा भुस्याहा उसलाई घरमा होस् या बाटोमा एक्लै छोडिदिएमा ऊ एक्लै बसेको पीरले रुने कराउने गर्दछ ।

अरु कुकुरलाई सङ्केत दिन : जब कुनै कुकुर आफ्नो साथीलाई आफू बसेको स्थानको सङ्केत दिन तथा खोज्न चाहेमा त्यो ठूलो स्वरले रुने तथा कराएर सन्देश छोड्ने गर्दछ र उसको साथीले पनि भुकेर तथा रोएर जवाफ दिने गर्दछ ।

इलाकामा हक जमाउन : जुनसुकै कुकुरको पनि आफ्नो निश्चित क्षेत्र तथा इलाका हुने गर्दछ । यि कुकुरहरु आफ्नो इलाकाको रक्षा गरिरहेका हुन्छन् । तसर्थ कुकुरहरु पनि एउटा इलाकाको कुकुरलाई अर्को इलाकामा आउन नदिन तथा उसलाई चेतावनी दिन कुकुर ठुलो स्वरले रोएर तथा भुकेर आफ्नो साथीहरुलाई सन्देश प्रदान गर्ने गर्दछ ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : २१ बजे

तीन सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री ओलीले हालै युवाहरूलाई २० वर्षमै विवाह गरेर

ट्रम्पलाई चीनको भ्रमणको निम्तो, भ्रमणको तयारी प्रारम्भ

काठमाडौं । चीन र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभवित

एयर इन्डिया दुर्घटना : दुवै इन्जिनमा इन्धन प्रवाह रोकिएपछि दुर्घटना

काठमाडौं । दुबै इन्जिनमा एकै पटक इन्धन प्रवाह रोकिएपछि एयर

नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर