२०८३, २२ भाद्र मंगलबार

राति १० बजेपछि देउसी भैलो खेल्न रोक

राति १० बजेपछि देउसी भैलो खेल्न रोक


काठमाडौँ २० का जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।

मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएको उहाँले बताउनुभयो ।

प्रशासनको आग्रह विपरीत देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने प्रजिअ आचार्यको भनाइ छ ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ४ : १२ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर