काठमाडौँ, १३ कात्तिक : नेपाल अपाङ्ग मानव अधिकार केन्द्रलगायतले अपाङ्गता भएका व्यक्तिलाई बैंकिङ् सेवासुविधामा सहजता गराइदिन माग गर्दै नेपाल राष्ट्र बैंकमा आज ध्यानाकर्षण पत्र बुझाएका छन् । केन्द्रका अध्यक्ष जगदीशप्रसाद अधिकारीले बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेललाई बालुवाटारस्थित कार्यकक्षमा ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नुभयो । बैंकका कार्यकारी निर्देशक पौडेलले अब निर्माण हुने बैंकका संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त…