२०८३, ३१ असार बिहीबार

अनुदानको नुनमा कालोबजारी

अनुदानको नुनमा कालोबजारी


बाजुरा, मंसिर २ : ढुवानी अनुदानको भानु नुनमा कालोबजारी भएको छ । बजार मूल्य नौ रुपैयाँ रहेको नुन खरिद गर्दा उपभोक्ता २५ रुपैयाँ तिर्न बाध्य छन् । ढुवानी अनुदानको नुन बिक्री गर्ने जिम्मा बाजुरास्थित साल्ट ट्रेडिङ लिमिटेडको डिपोलाई मात्रै छ । डिपोका कर्मचारीले व्यापारीसँग कमिसन लिएर नुन बिक्री गरिरहेका छन् । ‘डिपोमा जाँदा छैन भन्छन्, पसलमा जाँदा पाइन्छ । व्यापारीबाट खरिद गर्दा हामी बढी मूल्य तिर्न बाध्य छौं’, खप्तड छेडेदह गाउँपालिका–१ की भाना थापाले दुखेसो गरिन् ।

व्यापारीबाट २५ रुपैयाँमा एक किलो नुन किन्नुपर्छ बूढीगंगा नगरपालिकाका भुवन थापाले भने । ‘कर्मचारीले किलोमा चार रुपैयाँ कमिसन लिन्छन् । व्यापारीले २५ रुपैयाँमा बिक्री गर्छन्’, थापाले भने । अरू ब्रान्डका नुन पनि २५ रुपैयाँ किलोमा बिक्री भइरहेको छ । ‘भानु नुनमा आयोडिन बढी हुने भएकाले धेरैको रोजाइमा पर्दा कालोबजारी मौलाएको हो’, उनले भने । ढुवानी अनुदानको नुन बिक्री गर्न दुई वर्षअघि साल्ट ट्रेडिङले मौरेमा डिपो खोलेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

‘अन्य ब्रान्डको नुन पनि हामी २५ रुपैयाँमा नै बिक्री गर्छौ । भानु नुन धेरै बिक्री हुन्छ । डिपोबाट पाएपछि बेच्नै पर्यो’, एक व्यवसायीले भने । साल्ट ट्रेडिङ कर्पाेरेसनको मौरे डिपो कार्यालयका कर्मचारी महावीर साउदले भने ढुवानी अनुदानको नुन व्यवसायीलाई बिक्री नगरेको दाबी गरे । ‘उपभोक्तालाई दुई क्विन्टलसम्म दिन्छौं । त्यही नुन कसैले बेच्यो भने हामी केही गर्न सक्दैनाैं’, साउदले भने । डिपोले ९ रुपैयाँमै नुन बिक्री गरेको साउदले जनाए ।

भानु नुन बजारमा छ्यापछ्याप्ती पाइएपछि प्रशासनले पनि निगरानी बढाएको छ । प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बजारमा भानु नुन निर्वाध बिक्री भइरहनु कालाबजारीकै कारणबाट सम्भव भएको बताए । यसबारे डिपोका कर्मचारीसँग प्रशासनले सोधपुछ गरेको छ । नेपालमा शक्ति, भानु, र आयो नुन बिक्री वितरण हुने गरेको छ । भानु नुन दुर्गम क्षेत्रमा ढुवानी गर्न सरकारले अनुदान दिने गरेको छ ।

प्रकाशित मिति : २०७५, २ मंसिर आईतबार  ७ : २४ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित

मिटरब्याज पीडितले बनाए वार्ता टोली, सरकारसँग संवादका लागि पाँच सदस्यीय समिति

जनकपुरधाम । मिटरब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, नेपालले सरकारसँग वार्ता गर्न

सिंहदरबारमा बालेन-लिङ्देन संवाद, समसामयिक राजनीतिदेखि राष्ट्रिय मुद्दासम्म छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी

केन्द्रमा समीकरण फेरिए पनि मधेश सरकार सुरक्षित, कांग्रेस नेतृत्वलाई तीन दलको साथ

जनकपुरधाम । केन्द्रमा कांग्रेस-एमाले सम्बन्धलाई लिएर राजनीतिक उतारचढाव भइरहेका बेला

केन्द्रको राजनीतिक हलचलको असर मधेशमा पनि, सत्ता समीकरणबारे नेताहरू ‘पर्ख र हेर’को अवस्थामा

जनकपुरधाम । केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्धलाई