२०८३, ७ कार्तिक शनिबार

नेपाली विदेशिए, धान काट्न भारतीय खेताला भित्रिए

नेपाली विदेशिए, धान काट्न भारतीय खेताला भित्रिए


झापा, मंसिर २ :  झापामा यतिबेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओइरिएका छन् । विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको इस्लामपुर, माल्दालगायत स्थानका भारतीय श्रमिकहरू डेरा लिएरै बसेका छन् । मेचीनगर क्षेत्रमा मात्रै करिब सय जना भारतीय श्रमिक धान काटिरहेका छन् । भारत कटिहारका मोहम्मद खानले ठेक्कामा धान काट्ने गरेको बताए । मेचीनगरको जोरसिमल आसपासमा काम गरिरहेका उनले धान काटेबापत प्रतिबिघा १० हजार रुपैयाँ लिने गरेको सुनाए । उनका अनुसार धान काट्ने, उठाउने, कुन्युँ लगाउने, थ्रेसर लगाएर घर भित्र्याउनेसम्म गर्दा ५० हजारजति ज्याला लिने गरेको जनाए । ‘अहिले हामी धान काट्ने काम मात्रै गर्दै आएका छौं,’ उनले भने ।

नेपाली युवा तथा श्रमिक वर्ग विदेश जाने क्रम बढेसँगै कृषिमा श्रमिक अभाव खडकिन थालेको जानकारको भनाइ छ । ‘नेपाली श्रमिक अभाव भएपछि काम गर्ने मान्छे त चाहियो,’ स्थानीय शिक्षक दामोदर ढुंगेलले भने, ‘नेपाली श्रमिक विदेश जान थालेपछि भारतीय श्रमिक भित्रिएका छन् ।’भारतीय खेतालाको आगमनले आफूहरू मारमा परेको स्थानीय श्रमिकको भनाइ छ । भारतीय आउन थालेपछि हाम्रो भाग खोसिएजस्तो भएको कर्ण राजवंशीले बताए । उनले भने, ‘हामीले भारतीयलाई रोक्ने प्रयत्न गर्‍यौं तर सकेनौं ।’ आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

भारतीय श्रमिकलाई स्थानीय श्रमिकको दाँजोमा धेरै ज्याला दिने गरिएको गुनासो प्रसाद मेचेले गरे । उनले भने, ‘भारतीयलाई जति हामीलाई विश्वास गरिँदैन ।’ स्थानीय श्रमिकका अनुसार भारतीयले धान काटेर मात्रै करोडौं रुपैयाँ लैजाने गरेका छन् ।कृषि प्राविधिक सहायक शालिग्राम भट्टराईले नेपाली श्रमिक विदेशिएका कारण भारतीयलाई निम्त्याएर काम लगाउनुपरेको बताए । उनले भने, ‘देशमा काम गर्ने मान्छे अर्कैको देशमा काम गरिरहेका छन्, अनि हाम्रामा अर्कै देशका मान्छे आएर काम गरिरहेका छन् ।’ झापामा यो वर्ष करिब ८८ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान लगाइएको छ ।

प्रकाशित मिति : २०७५, २ मंसिर आईतबार  ७ : १६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना