२०८३, २८ श्रावण शुक्रबार

भक्तपुरमा माछा मार्ने जात्रा शुरु

भक्तपुर, १ माघ:ऐतिहासिक एवं प्रसिद्ध नवदुर्गाको माछा मार्ने अर्थात न्यालाकेगु जात्रा शुरु भएको छ । भक्तपुर नगरपालिका–९ सूर्यमढी, वापे पाछाय्किगुबाट जात्रा शुरु भएको हो । हरेक वर्षझै नवदुर्गा देवगण जात्रा विभिन्न २१ स्थानमा सञ्चालन हुने परम्परा रहेको जात्रा व्यवस्थापन समितिका रत्नमान वनमालाले जानकारी दिनुभयो । सूर्यमढी, तचपाल, क्वाठण्डौ, गछेँ, दथुटोल, इनाचो, गोल्मढी, याछँे, तौमढी, तालाको,…