२०८२, ५ जेष्ठ आईतबार

भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव

भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव


वीरगञ्ज, माघ २८:  सीमावर्ती भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव आइतबार फेला परेको छ । रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै फेला परेको शवमध्ये एक जनाको साथमा रहेको परिचयपत्रअनुसार उनी वीरगञ्ज पब्लिक सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत पर्सा कालिकामाई–२ भेडिहारीकी निभा कुमारी हुन् । अर्की छात्राको पकेटमा किरण लेखिएको पर्चा फेला परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

घटनास्थल नजिकका स्थानीयका अनुसार बिहान दुवै छात्रा एकअर्काको हात समाएर कौडिहार गाउँतर्फबाट रेल्वे ढालातर्फ आइरहेका थिए । सामाजिक सञ्जालमा शव र परिचयपत्र भाइरल भएपछि एसपी रेवती ढकाल नेतृत्वमा प्रहरी टोली रक्सौलतर्फ गएको डिएसपी अनन्तराम शर्माले बताए । छात्राको विवरण लिएर प्रहरी टोली उनी अध्ययन गर्ने स्कुल पुगेको थियो । 

प्रकाशित मिति : २०७५, २८ माघ सोमबार  ७ : ३२ बजे

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको