२०८३, २४ भाद्र बिहीबार

पर्यटन विकासमा छुट्याएको ६३ लाखले मासुभात र रक्सी

पर्यटन विकासमा छुट्याएको ६३ लाखले मासुभात र रक्सी


धरान, माघ २८: धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन् । धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन् । उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन् । उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रत्नप्रसाद आचार्यले लेखेका छन् ।

पर्यटनमा विनियोजन गरेको रकमबाट पर्यटन सम्बन्धी योजना छनौट गरी बजेट खर्च गर्ने नियम भए पनि उपमहानगरपालिकाले बजेटलाई आफू खुसी दुरुपयोग गरी नीतिगत भष्ट्रचार गरेको प्रमाण प्राप्त भएको छ । पर्यटन शीर्षकमा उपमहानगरपालिकाले ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च गरेको लेखा अधिकृत भेषराज अधिकारीले बताए । तर, उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि पर्यटन विकास उपशाखासंग स्थानीय विभिन्न संघ संस्थाले तीन लाख पाँच हजार रुपैयाँको मात्र कार्यक्रमको सम्झौता गरेको पाइएको छ। सम्झौता पत्रको प्रमाणित प्रतिलिपी अन्नपूर्णसँग सुरक्षित छ ।

पर्यटन विकासलाई भनेर धरान उपमहानगरले चालु आर्थिक वर्षका लागि एक करोड रुपैयाँ छुट्याएको थियो। छुट्याइएको मध्ये ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च भइसकेको छ । तर पर्यटन शीर्षकमा अहिलेसम्म तीन लाख पाँच हजार रुपैयाँको मात्रै विभिन्न संघ संस्थासंग सम्झौता गरिएको हो। जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अन्य रकम आफू खुसी पाटी र भोजको आयोजना गरेर पर्यटन विकासको बजेट स्वाहा बनाइएको स्रोतले बतायो ।

पर्यटन विकासमा छुट्याइएको बजेटबाट धरानको ईजी राइर्डस होटेलमा छ लाख भन्दा बढीको मदिरा पाटी गरिएको छ । उक्त पाटीमा सहभागीलाई वास्र्टनर वियर, रुस्लान भोट्का र मासु भात खुवाइएको थियो । धरान उपमहानगरले इलाम नगरपालिकासंग भगिनी सम्बन्ध गाँस्न जाँदा १० लाख भन्दा बढी रकम मदिरा सेवन र मासुभातमा खर्च गरेको छ । धरानमा आयोजना गरिएको चिया महोत्सवमा आएका पाहुनालाई धरान स्विमिङ पुलमा आयोजना गरिएको मदिरा पाटीको दुई लाख २१ हजार रुपैयाँ धरान किचन होटेललाई पर्यटन विकास बजेटबाट भुक्तानी गरिएको छ । स्विमिङ पुलमा आयोजना गरिएको पाटीमा वल्र्ड दरबार र मासु भात खुवाइएको थियो ।

प्रकाशित मिति : २०७५, २८ माघ सोमबार  ७ : ५१ बजे

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको

घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका

२० दिनदेखि मुगु सडक सम्पर्कविहीन : दैनिक उपभोग्य वस्तुको हाहाकार, करोडौँको स्याउ बाटोमै कुहियो

मुगु । अविरल वर्षासँगै गएको भीषण पहिरोका कारण कर्णाली राजमार्ग

नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

काठमाडौं । नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले