काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले डा. संगीता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गर्न लागेको प्रक्रिया अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियताले रोकिन पुगेको छ । डा. मिश्राविरुद्ध भ्रष्टाचारसम्बन्धी छानबिन अन्तिम चरणमा पुगेको जानकारी पाएपछि प्रधानमन्त्री कार्कीले उनको नियुक्तिमा अघि नबढ्ने निर्णय लिएकी हुन् । प्रधानमन्त्री कार्कीले आइतबार साँझ डा. मिश्रासहित पाँच जनालाई मन्त्रिपरिषदमा नियुक्तिका…