काठमाडौं । साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ। काठमाडौंमा झरी परिरहे पनि शिवभक्तहरू छाता ओढ्दै र पानीमा भिज्दै लामबद्ध भएर पशुपतिनाथको दर्शनका लागि पुगेका छन्। पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएका छन्। गौशाला, जयवागीश्वरी, मित्रपार्क, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, बागमती करिडोर,…