२०८३, ५ आश्विन मंगलबार

त्रिपुरेश्वर बसकाण्ड : आगलागीमा घाइते चालकको मृत्यु

त्रिपुरेश्वर बसकाण्ड : आगलागीमा घाइते चालकको मृत्यु


काठमाडौं । त्रिपुरेश्वरमा बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

हिजो मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा शरीरको ठूलो भाग जलेका चालकलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएका थिए। उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।

मृतकको पहिचान भने अझै खुल्न सकेको छैन। बसबाट भेटिएको लाइसेन्सका आधारमा प्रहरीले सुरुमा मृतकलाई दावा लामा भएको बताए पनि लाइसेन्सधारी दावा लामा आफू सकुशल रहेको खुलेपछि मृतकले अर्कै व्यक्तिको लाइसेन्स प्रयोग गरेको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८३, ५ आश्विन मंगलबार  ९ : ३२ बजे

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको

एमाले केन्द्रीय कमिटी बैठक : आज मनोनयन र नेताहरूको धारणा

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९७५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९७५ वटा सवारीसाधनका