२०८३, ७ कार्तिक शनिबार

त्रिपुरेश्वर बस आगलागी : मृतकको पहिचानमा अन्योल, दावा लामा बग्गीखानामा

त्रिपुरेश्वर बस आगलागी : मृतकको पहिचानमा अन्योल, दावा लामा बग्गीखानामा


काठमाडौं । त्रिपुरेश्वरमा बस आगलागीमा ज्यान गुमाएका व्यक्तिको पहिचानलाई लिएर अन्योल देखिएको छ। मृतकको साथबाट भेटिएको चालक अनुमतिपत्रका आधारमा प्रहरीले काभ्रेका २५ वर्षीय दावा लामा भएको बताएको थियो। तर, लाइसेन्सधारी दावा लामा आफू सकुशल रहेको जानकारी गराएपछि प्रहरी थप अनुसन्धानमा जुटेको छ।

घटनाको वास्तविकता बुझ्न प्रहरीले दावा लामालाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथस्थित बग्गीखानामा बोलाएर सोधपुछ गरिरहेको छ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक आगलागी भएको थियो। आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको बताइएको छ। त्यसको केही समयपछि बसको पछाडिको भागबाट आगो सल्किएको थियो।

आगलागीमा गम्भीर घाइते चालकको उपचारका क्रममा मृत्यु भएको थियो। मृतकको वास्तविक पहिचान र आगलागीको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति : २०८३, ५ आश्विन मंगलबार  ९ : ४६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना