धुलिखेल १५ चैत तेमाल गाउँपालिका वडा नं २ सस्र्यूखर्कका जनप्रतिनिधि र स्वास्थ्य कर्मचारीहरुले कोरोना भाईरस विरुद्ध घरदैलो अभियान शुरु गरेको छ । वडामा क्रियाशिल रहेका नागरिक समाज वडाका जनप्रतिनिधि,शिक्षक रं स्वास्थ्य कर्मचारीहरुले वडा भित्र घरदैलो गरी कोरोना भाईरसबारे सचेतना कार्यक्रम गरेको हो । वडा अध्यक्ष तिमाल सिं तामाङको नेतृत्वमा वडा कार्यालयबाट शुरु गरेको सचेतना अभियानमा…