काठमाडौं, ३ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसदहरूले दशैं भत्ता नलिने भएका छन् । कोरोना महामारीका कारण सर्वसाधरण नागरिकको जनजीवन कष्टप्रद बनिरहेका बेला सांसदहरूले दशैं भत्ता लिने विषयबारे चौतर्फी आलोचना र विरोध भएपछि नेकपाले भत्ता रकम एकमुष्ट प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल…