२०८३, १४ कार्तिक शनिबार

मेड इन इंडिया’ लडाकु विमानका लागि आफ्नै जेट इन्जिन हुनुपर्छ : प्रधानमन्त्री मोदी

मेड इन इंडिया’ लडाकु विमानका लागि आफ्नै जेट इन्जिन हुनुपर्छ : प्रधानमन्त्री मोदी


काठमााडैं ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमै निर्मित लडाकु विमानहरूका लागि अब देशले आफ्नै जेट इन्जिन बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्राचीरबाट राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आत्मनिर्भर भारतलाई विकसित भारतको आधार बताए ।

प्रधानमन्त्री मोदीले भने, ‘विकसित भारत निर्माणको दिशामा हामी अब समुद्र मन्थनतर्फ पनि गइरहेका छौं । समुद्रभित्र लुकेका तेल तथा ग्यासको भण्डार पत्ता लगाउन देशले मिशन मोडमा काम गर्नेछ ।’ उनले भारतका वैज्ञानिक, इन्जिनियर, युवाशक्ति र सबै सरकारी निकायहरूलाई आह्वान गर्दै भने, ‘हाम्रो आफ्नै ‘मेड इन इंडिया’ लडाकु विमानका लागि अब हाम्रो आफ्नै जेट इन्जिन चाहिन्छ ।’

प्रधानमन्त्री मोदीले आत्मनिर्भरतालाई केवल आयात–निर्यात, रुपैयाँ–डलरको मामिला मात्र नभई देशको सामथ्र्यसँग प्रत्यक्ष सम्बन्धित भएको बताए । उनले भने, ‘जो अरूमा अत्यधिक निर्भर रहन्छ, त्यसको स्वतन्त्रता पनि धमिलिन थाल्छ ।’ प्रधानमन्त्री मोदीले ‘अपरेशन सिंदूर’ का वीर सैनिकप्रति सम्मान प्रकट गर्दै भने, ‘आज मलाई लाल किल्लाको प्राचीरबाट ती जाँबाज सैनिकलाई सलाम गर्ने मौका मिलेको छ, जसले शत्रुलाई कल्पनाभन्दा बाहिरको सजाय दिएका छन् ।’

उनले थपे, ‘भारतले अब न्यूक्लियर धम्कीहरू सहने छैन, ब्ल्याकमेलिंगलाई अब स्वीकार्ने छैन ।’

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  १२ : २६ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा