काठमाडौं । संघीय संसद् अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बस्दैछ । निर्धारित कार्यसूचीअनुसार विविध विधेयक र राष्ट्रिय महत्वका विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ । सबैभन्दा पहिले बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति, देखिएका समस्या…