काठमाडौं । एमाले नेता भानुभक्त ढकाल र महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा गरिएको दुर्व्यवहारप्रति नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले कडा प्रतिक्रिया व्यक्त गरेको छ। संगठनले घटनालाई कानूनी राज्यमाथिको प्रत्यक्ष प्रहार र सरकारद्वारा प्रोत्साहित अराजक प्रवृत्तिको ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गरेको छ। अध्यक्ष दीपक धामीद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकारले “अलोकतान्त्रिक, असंवैधानिक र अराजकतामुखी शासन शैली” अपनाएको…