काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरिएको छ। पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति र स्थान प्रस्ताव गर्नुभएको हो। अध्यक्ष ओलीको प्रस्तावबारे अहिले बैठकमा छलफल भइरहेको र अन्तिम निर्णय बैठककै निष्कर्षअनुसार हुने जनाइएको छ। ओलीले प्रस्ताव गरेको महाधिवेशन तीन दिनसम्म चल्नेछ।…