काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको बैठक आज च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकमा आगामी एघारौँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियासम्बन्धी तयारी, मापदण्ड र कार्यविधिबारे विस्तृत छलफल गरिएको विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए। बैठकले मंसिर १३ भित्र सर्वसम्मत रूपमा वा आवश्यक परे मतदानमार्फत प्रतिनिधि छनोट कार्य…