२०८३, ३० भाद्र बुधबार

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम


काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १ सय १४ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ। निर्वाचनमा भाग लिन निवेदन दिएका १ सय २० दलमध्ये छानबिनपछि १ सय १४ दल योग्य ठहरिएका हुन्।

आयोगका अनुसार १ सय २ दल आफ्नै चिन्हमा र १२ दल संयुक्त चिन्हमा प्रतिस्पर्धा गर्नेछन्। मतपत्रमा कुल १ सय ७ वटा निर्वाचन चिन्ह समावेश हुनेछन्।

२०७९ को समानुपातिक निर्वाचनको मतका आधारमा नेकपा (एमाले) को ‘सूर्य’ पहिलो क्रमसंख्यामा, नेपाली काँग्रेसको ‘रूख’ दोस्रो र नेकपा (माओवादी केन्द्र) को ‘पाँचकुने तारा’ तेस्रो क्रममा राखिएको छ। अन्तिम अर्थात् १ सय ७ नम्बरमा जनता लोकतान्त्रिक पार्टी नेपालको ‘भैँसी’ चिन्ह रहेको छ। आयोगले जनाएको छ कि २ दलको निवेदन खारेज गरिएको छ भने १ दलले निवेदन फिर्ता लिएको छ।

प्रकाशित मिति : २०८२, २२ मंसिर सोमबार  ९ : ५२ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला