२०८३, २० आश्विन बुधबार

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक


काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो आज सार्वजनिक भएको छ। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिकीकरण गर्दै महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको जानकारी दिए।

कार्यक्रममा एमालेका सचिव तथा महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक अभिव्यक्ति भएको बताइन्। उनका अनुसार लोगोमा राष्ट्रिय झण्डा, धरहरा, पाँचतले दरबार, पार्टीको निर्वाचन चिन्ह लगायतका प्रतीकलाई बहुआयामिक तथा बहुभाषिक रूपमै संयोजन गरिएको छ। लोगो सार्वजनिक कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पार्टीका शीर्ष पदाधिकारीहरूको उपस्थिति थियो।

त्यसैगरी, कार्यक्रमकै अवसरमा महाधिवेशन केन्द्रित जिङ्गल समेत सार्वजनिक गरिएको छ। एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ। महाधिवेशनका लागि मंसिर १३ गते नै मातहतका सबै कमिटीमा प्रतिनिधि छनोट प्रक्रिया पूरा गरिएको पार्टीले जनाएको छ।

प्रकाशित मिति : २०८२, १४ मंसिर आईतबार  ७ : ०१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको