२०८३, १ भाद्र मंगलबार

प्रेसलाई नियन्त्रण गर्न खोजिएको होइन : सञ्चारमन्त्री बाँस्कोटा

प्रेसलाई नियन्त्रण गर्न खोजिएको होइन : सञ्चारमन्त्री बाँस्कोटा


खस्यौली, २८ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसलाई नियन्त्रण गर्न नखोजिएको स्पष्ट गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, रुपन्देहीले आज बुटवलमा गरेको साधारणसभामा उहाँले प्रेसलाई सङ्कुचन र नियन्त्रण होइन व्यवस्थित, मर्यादित र नियमन गर्न खोजिएको हो भन्नुभयो । मन्त्री बाँस्कोटाले वर्तमान सरकारले विज्ञापन नीति संसद्मा दर्ता गरेको उल्लेख गर्दै समानुपातिक विज्ञापन नीतिले पत्रकारका पक्षमा काम गर्ने बताउनुभयो । “श्रमजीवी पत्रकार ऐन श्रमजीवीप्रतिको सम्मान हो”, उहाँले भन्नुभयो ।

वर्तमान सरकारले काम गरिरहेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले सरकारले काम गरेको छैन भनेर अफवाह नफैलाउन आग्रह गर्नुभयो । उहाँले सरकार नागरिकका पक्षमा रहेकाले प्रणालीलाई विधिअनुसार लैजान खोज्दा ढिलाइ भएको उल्लेख गर्दै परिवर्तनलाई आत्मसात् गर्न नसक्दा विगतका सरकारलाई पनि निषेध गर्न खोजिएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सरकारको अरु केही नभए पनि गौतमबुद्ध विमानस्थलको कामलाई हेरेर विश्लेषण गर्न अनुरोध गर्दै प्रेस ऐेन जसरी पनि ल्याइने बताउनुभयो । नेपालको रु १२ अर्बको विज्ञापन बजारलाई रु २० अर्ब पु¥याउँदैछाँै उहाँले भन्नुभयो । उहाँले केही दिनमा प्रदेश तहबाट नयाँ सञ्चारग्राममार्फत प्रेससम्बन्धी काम हुने गरी बजेटसमेत व्यवस्थापन भइसकेको बताउनुभयो । शाखा सभापति यानेन्द्र जिसी, महासङ्घका पूर्वअध्यक्ष महेन्द्र विष्ट, केन्द्रीय सदस्य वसन्त गिरी, पूर्वसांसद विनोद पहाडीलगायतले पनि प्रेस स्वतन्त्रताको पक्षमा बोल्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २८ माघ सोमबार  ६ : १५ बजे

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत