२०८३, २३ आश्विन शनिबार

सरकार जनताको काम गर्न कटिबद्ध छ : अध्यक्ष दाहाल

सरकार जनताको काम गर्न कटिबद्ध छ : अध्यक्ष दाहाल


इलाम, २८ भदौ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताउनुभएको छ । इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुरा गर्दै उहाँले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेकोसमेत उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेसमेत बताउनुभयो । नेता केन्द्रित र गुट केन्द्रितले आफैँलाई सक्ने भन्दै अध्यक्ष दाहालले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने जानकारी दिनुभयो ।

उहाँले आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताउनुभयो । “म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु”, उहाँले थप्नुभयो, “कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोले भन्नु निराधार हुन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताउनुभयो । उहाँले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागेपनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २८ भाद्र शनिबार  ९ : १४ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि