२०८३, २ आश्विन शनिबार

विज्ञापनलाई नियमन गर्ने नयाँ इतिहास कोरियो : मन्त्री बास्कोटा

विज्ञापनलाई नियमन गर्ने नयाँ इतिहास कोरियो : मन्त्री बास्कोटा


काठमाडौं, २६ भदौं : राष्ट्रियसभाकोे बैठकले ‘विज्ञापन नियमन गर्न बनेको विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरिदिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयकलाई आजको बैठकमा प्रस्तुत गरेका थिए ।

विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासमा मन्त्री बाँस्कोटाले विज्ञापनलाई नियम गर्ने क्षेत्रमा नयाँ इतिहास कोरिएको दावी गरेका थिए । “ विधेयकले विज्ञापन क्षेत्रलाई थप व्यवस्थित बनाउँछ, यो कार्यान्वयनमुखी रहेको छ ।” मन्त्री बास्कोटाले उल्लेख गर्दै भने, विधेयकलाई थप समृद्ध बनाउन सहयोग गर्नुभएका दुवै सदनका सांसदलाई मन्त्री बाँस्कोटाले धन्यवाद दिन्छु ।

यसअघि सो विधेयकको सैद्धान्तिक छलफलमा सांसद ठेगेन्द्रप्रकाश पुरी र कोलम ओलीले भाग लिनुभएको थियो । यसैगरी बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकको प्रस्तावलाई गृहमन्त्री रामबहादुर थापाले बैठकमा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७६, २६ भाद्र बिहीबार  ५ : ०० बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी