हेटौँडा, १७ मङ्सिर: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो पेशालाई मर्यादित बनाउन शिक्षकलाई आग्रह गर्नुभएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आज हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा उहाँले हकअधिकारसँगै कर्तव्यलाई पनि नभुल्न र विकसित ज्ञान प्रविधिसँग जोडिन शिक्षकलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री पौडेलले शिक्षा नीति निर्माणकै चरणदेखि सङ्घ, प्रदेश र स्थानीय तह…