२०८३, २ आश्विन शनिबार

साग पूर्वाधारलाई बजेट निकासा भइसक्यो : मन्त्री विश्वकर्मा

साग पूर्वाधारलाई बजेट निकासा भइसक्यो : मन्त्री विश्वकर्मा


कास्की, २३ असोज : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पूर्वाधार निर्माणका लागि आवश्यक बजेट निकासा भइसकेको बताउनुभएको छ । पोखरामा निर्माणाधीन खेल पूर्वाधारको आज निरीक्षण गर्दै उहाँले निर्माण कार्यको प्रगति र आवश्यक प्रक्रियाअनुसार नै बजेट निकासा भइरहेकाले पूर्वाधार निर्माण र तयारीको काम रोकिने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

सरकारले साग खेलकूदलाई भव्यताका साथ आयोजना गर्ने तयारी गरिरहेको बताउँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “बजेटका कारणले निर्माणमा सुस्तता छैन, ढिलाइ हुने स्थिति पनि छैन । समयमै पूर्वाधार निर्माण गरेर प्रतियोगिता भव्य बनाउँछौँ ।” आगामी मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने साग देशको प्रतिष्ठासँग जोडिएकाले सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद् तथा विभिन्न खेल सङ्घ प्रतियोगिता भव्य बनाउन लागिपरेको बताउँदै मन्त्री विश्वकर्माले काठमाडौँ तथा पोखरामा हालसम्म भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनकरुपमा अघि बढेको उल्लेख गर्नुभयो ।

मन्त्री विश्वकर्मालाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले पोखरा रङ्गशालास्थित निर्माणाधीन फुटबल रङ्गशाला, ब्याडमिन्टन कोर्ट, बहुउद्देश्यीय कभर्ड हल लगायतका पूर्वाधारको कामको प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । निरीक्षणमा मन्त्री विश्वकर्मासँगै गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगर, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङ, गण्डकी प्रदेश खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीलगायत सहभागी हुनुभएको थियो ।

प्रकाशित मिति : २०७६, २३ आश्विन बिहीबार  ५ : ४१ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी