डडेल्धुरा, १६ कात्तिक: डडेल्धुरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकताको प्रक्रिया टुङ्गिएको छ । जिल्लास्तरीय कार्यदलले जिल्लाका स्थानीय तह र वडामा नेतृत्वको बाँडफाँट गरी पार्टी एकतालाई पूर्णता दिएको छ । जिल्लास्तरीय कार्यदलको बिहीबार सम्पन्न बैठकले एकतापछिको जिल्लाको भागबण्डा टुङ्ग्याएको हो । जिल्लामा रहेका सातवटा स्थानीय तहमध्ये अमरगढी नगरपालिकासहित चार स्थानीय तहमा तत्कालीन एमाले र…