२०८३, १ आश्विन शुक्रबार

सांसद एकनाथ ढकालको चासो गंगामायाले न्याय कहिले पाउँछिन ?

सांसद एकनाथ ढकालको चासो गंगामायाले न्याय कहिले पाउँछिन ?

प्रधानमन्त्रीको जवाफ, उनको सेवा सरकारले गरिरहेको छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन घटनाका पीडितले चाँडै न्याय पाउने बताएका छन् ।
मंगलबार संघीय संदमा भएको प्रतिनिधिसभा बैठकमा सांसद एकनाथ ढकालले द्वन्द्वकालीन घटनाका पीडितहरु र न्यायमाग्दै आएकी गोरखाकी गंगामाया अधिकारीले कहिले न्याय पाउँछन् भनेर गरेको प्रश्नको सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकार यथासिघ्र संकमणकालीन मुद्दाको सम्बोधन गर्न प्रतिवद्ध रहेको बताए ।
दाहालले भने, ‘द्वन्द्वकाली घटनालाई न्यायीक सम्बोधन गर्नेगरी संक्रमणकालीन न्याय सम्पादनका लागि बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन भएको र संक्रमणकालीन न्याय यथाशिघ्र सम्पादन गर्न नेपाल सरकार प्रतिवद्ध रहेको छ । संक्रमणकालीन न्याय सम्बन्धी संघीय संदनमा दर्ता भएको विधेयक पारित भएसँगै संक्रमणकालीन न्यायका मुद्दाहरु सम्बोधन हुने कुरामा सरकार विस्वस्त रहेको छ ।’
सांसद एकनाथ ढकालले छोरा र पतिको लागि न्याय माग्दै आएकी गोरखाकी गंगामाया अधिकारीको माग सरकारले सम्बोधन गनुपर्ने भन्दै चासो देखाए ।
‘न्याय माग गर्दैै अएकी गोरखाको नन्दप्रसाद अधिकारीको धर्मपत्नी गंगामाया अधिकारीको मागको सम्मान कहिले र कसरी गर्नुहुन्छ ? न्यायमाग्दै शान्तिपूर्ण अनसनमा बसेकी गंगामायाको मागको सम्बोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य होकि होइन ?
प्रतिउत्तरमा दाहालले गंगामायालाई मानविय सेवा र संरक्षण प्रदान गरेको जिकिर गरे ।
‘प्रचलित कानूनको अधिनमा रही नपाल सरकार तथा अन्र्तगतका निकायबाट गंगामाया अधिकारीलाई मानवीय सेवा प्रदान र संरक्षणको कार्य भइनै रहेको छ । अस्पतालको विवरण अनुसार निजको स्वास्थ्य अवस्था सामान्य नै रहेको र उपचारका लागि सरकारले ३७ लाख ४७ हजार उपलब्ध गराएको कुरा पनि जानकारी गराउँछु,’ दाहालले भने ।
छोरा नूरप्रसादको हत्यारालाई कारवाहीको माग गर्दै न्यायका लागि अनसन बसेको ३३० दिनमा गोरखाका नन्दप्रसाद अधिकारीको २०७१ असोजमा निधन भएको थियो । त्यसयता पति र छोराको न्यायको लागि गंगामाया सरकारसँग न्यायको याचना

प्रकाशित मिति : २०८०, १२ भाद्र मंगलबार  ३ : ५० बजे

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर