२०८३, १५ असार मंगलबार

एमालेमा केपी ओलीको बिकल्प छैन, कोही कसैले कुण्ठित विचार नराखे हुन्छ : उपाध्यक्ष विष्णु पौडेल

एमालेमा केपी ओलीको बिकल्प छैन, कोही कसैले कुण्ठित विचार नराखे हुन्छ : उपाध्यक्ष विष्णु पौडेल


रुपन्देही, भदौ १६ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको आगामी नेतृत्व पनि केपी ओलीभन्दा अरूबाट नहुने उदघोष गर्नुभएको छ ।

बुटवलमा आजबाट सुरु भएको एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको उदघाटन समारोहमा उपाध्यक्ष पौडेलले यस्तो उदघोष गर्नुभएको हो । ‘एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या छैन, हामी नीतिमा स्पष्ट छौँ, नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन, उहाँकै नेतृत्वमा पार्टीले मिसन ८४ बनाएको छ, त्यसमा कोही कसैले कुण्ठित विचार नराखे हुन्छ,’ उपाध्यक्ष पौडेलले भन्नुभयो ।

उहाँले एमालेमा नेतृत्वको बिषयमा कुनै बिवाद नभएको पनि प्रष्ट पार्नुभयो । ‘एमालेभित्र विधि र नीतिको विषयमा कुनै विमति नभएको, नेतृत्वको विषयमा कुनै विवाद छैन, विवाद ल्याउने कोसिसलाई पानीको फोकाजस्तै बनाएर जाने छौँ,’ पौडेलले भन्नुभयो, ‘अहिले बलियो पार्टी रहेको एमालेमा विग्रह चाहने अवसरवादीहरूका विषयमा एमाले प्रष्ट छ । पार्टी र गुट विपरीत हुन, हामीले गुट बन्न नदिने तरिकाले अगाडि बढाएका छौँ । एमालेभित्र गुटको चर्चा गरेर बस्ने छुट कसैलाई नभएको र गुट–उपगुटका रंगिन समाचारबाट सबै प्रतिनिधि सचेत हुनुपर्ने अवस्था छ ।’

पौडेलले केही समयअघि एमालेले जित्नैपर्ने क्षेत्र गुमाएका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने धारणा पनि राख्नुभयो । एमालेले जित्नै पर्ने ठाउँ गुमेको, धेरै मतान्तरले जित्ने ठाउँमा कम मत आएको विषय प्रदेश अधिवेशनमा गम्भीर समीक्षा बन्नुपर्ने पौडेलको भनाई थियो ।
‘विगतका अनुभव, कमजोरीको समीक्षा हुनुपर्दछ, एमालेमा रहेर विरोधीसँग गठजोड गर्ने, सक्रिय नहुने, जिम्मेवारी पूरा नगर्नेलाई अब छुट हुनेछैन ।’ पौडेलले भन्नुभयो ।

प्रदेश नेतृत्वको विषयमा महासचिव शंकर पोखरेल र आफूलाई जोडेर अनर्गल प्रचार भएको भन्दै उहाँले भ्रममा नपर्न सवै प्रतिनिधिलाई आग्रह गर्नुभयो । ‘एमालेको भविष्यवाणी गर्ने अधिकार यसका सदस्यलाई, प्रतिनिधिलाई मात्र भएको, बाहिर बसेर पार्टीलाई संकटमा धकेल्न सकिन्छ भनेर मुख मिठाउनेलाई बलियो जवाफ दिनुपर्ने समय आएको छ,’ पौडेलले भन्नुभयो ।

लुम्बिनीमा एमाले बलियो भएको देख्न नसक्ने शक्तिले चलाएको हल्लालाई नेता, कार्यकर्ताहरुले वास्ता नगर्न उहाँको सुझाव छ । उपाध्यक्ष पौडेलले बर्तमान सरकारप्रति पनि कडा प्रहार गर्नुभयो । ‘अहिलेको सरकार विदेशीको इशारामा चलेकाले देशवासीले कुनै अपेक्षा गर्न सकिदैन,’ पौडेलले भन्नुभयो, ‘सरकारमा बसेका सबैलाई एउटै चिन्ता छ, एमाले बलियो बन्छ भनेर मोर्चाबन्दी गरिएको छ, यसमा विदेशी शक्ति केन्द्रले खेलेका छन्, यसलाई चिर्न अब पार्टीपंक्ति एकताबद्ध हुन जरुरी छ ।’

प्रकाशित मिति : २०८०, १६ भाद्र शनिबार  ८ : ५६ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण