२०८३, १ आश्विन शुक्रबार

एमसीसी खोरजीको माग गर्दैं जनमोर्चाले गर्यो विरोध प्रदर्शन

एमसीसी खोरजीको माग गर्दैं जनमोर्चाले गर्यो विरोध प्रदर्शन

नेपाली कांग्रेसको बलमा नै एसीसीको पास भएको हो



काठमाडौं । राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौंले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयनविरुद्ध प्रदर्शन गरेका छन् ।
बुधबार काठमाडौंको शान्तिबाटिकामा एमसीसी खोरजीको माग गर्दैं जनमोर्चाले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपाली कांग्रेसको बलमा नै एसीसीको पास भएको दाबी गरे । उनले एमसीसी कुनै पनि हालतमा बोक्न हुन्न भन्नेहरुले नै पास गर्न सहमति गरेको गुनासो गरे ।
उनले भने,‘नेपालका शासकहरुले अमेरिकाको एमसीसीको षड्यन्त्रलाई स्वीकार गरेका छन् । नेपाली कांग्रेसले पास गर्न टुप्पोदेखि पैतालासम्मको बल लगायो । संसदभित्र रहेको बामपन्थीहरुले यो एमसीसी कुनै पनि हालतमा बोक्न हुन्न भने तिनैले पास गर्न सहयोग गरे।’
अध्यक्ष केसीले चीनलाई तह लगाउन उसँगको अन्तरविरोधलाई बढाउँनको लागि नेपाललाई चीन विरोधी अखडा बनाउँन अमेरिका घुस्न खोजेको टिप्पणी गरे ।
उनले देशमा आज साम्राज्यवादीहरुले रजाई गर्न लागिरहेको अवस्थामा नेपालका राजनीति पार्टीहरु साम्राज्यवादीहरुको एजेण्डा कार्यान्वयन गर्न दौडिरहेको भन्दै भने,‘देशमा आज साम्राज्यवादीहरुले रजाई गर्न लागिरहेका छन् देशको प्राकृतिक सम्पतिमा दाई हाल्न खोज्दैछन् । देशका राजनीति पार्टीहरु साम्राज्यवादीहरुको एजेण्डा कार्यान्वयन गर्न दौडिरहेका छन् ।’

प्रकाशित मिति : २०८०, १३ भाद्र बुधबार  ६ : १० बजे

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर