काठमाडौं । एमाले संसदीय दलका नेता एवं नवनिर्वाचित प्रधानमन्त्री केपी शर्माओलीले सपथ ग्रहण समारोहमा दुईजना मन्त्रीलाई बनाउँदै आज फागुन ३ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापालाई मन्त्री नियुक्त गरेकी हुन् । साधारण जीवनशैलीका पर्याय पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित…