२०८२, ३१ असार मंगलबार

सांस्कृतिक सम्पत्तिलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : मन्त्री बाँस्कोटा

सांस्कृतिक सम्पत्तिलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : मन्त्री बाँस्कोटा


बनेपा, माघ २०: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सांस्कृतिक सम्पत्तिलाई आर्थिक समृद्धिमा बदल्नुपर्ने बताउनुभएको छ । शनिबार काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा ‘मण्डनदेउपुर ल्होछार सांस्कृतिक महोत्सव २०७५’ ले आयोजना गरेको ‘२८५५ औँ फग सोनाम ल्होछार’ कार्यक्रममा बोल्नुहुँदै उहाँले सांस्कृतिक शक्तिलाई आर्थिक शक्तिमा बदल्नको निम्ति हामीसँग भएका सम्पूर्ण स्रोत र शक्ति बदल्न सक्नुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि जल, जङ्गल, जमीन र मानवीय शक्ति र ज्ञानलाई एकीकृत गरेर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । “अब नेपाल राष्ट्रको यात्रामा सबै जाति, भाषा, धर्म र संस्कृति समान भएकाले कसैप्रति विभेद र दमन छैन”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “त्यसका लागि सबै समृद्ध राष्ट्र निर्माणको महाअभियानमा लाग्न जरुरी छ ।”

अहिले तीन तहको सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री बाँस्कोटाले ध्वंशपछि निर्माण हुने भएकाले भूकम्पपछि नयाँ निर्माणको कार्यबाट देश अघि बढिसकेको र नवनेपालको ऐतिहासिक बलियो जग खडा गरिसकेको छ भन्नुभयो । उहाँले संस्कृति पनि पर्यटन पूर्वाधार क्षेत्रको महत्वपूर्ण पाटो भएको बताउँदै त्यसका लागि सरकारको तर्फबाट गर्न सकिने सहयोग गर्ने बचन दिनुभयो ।

उहाँले तामाङ समुदायको पहिचानको रुपमा स्थापित बौद्धनाथलाई देशको अन्तर्राष्ट्रिय पहिचान हुने टिकट प्रकाशन गर्ने निर्णय बिहीबार भएकाले छिट्टै प्रकाशन हुने समेत जानकारी गराउनुभयो । उहाँले देश र प्रकृतिको बहुलता समावेशिता भएकाले यो आज राज्यको प्रत्येक निकायमा रहेको उल्लेख गर्दै सरकारले बिदा काटेको नभई स्थानीय सरकारले तीन दिन बिदा दिएको बताउनुभयो । स्थानीय सरकारले आफ्नो भौगोलिक र समुदायको बसोबासको हिसाबले बिदा दिएको उहाँको भनाइ छ ।

कार्यक्रममा मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले समावेशी मुलुकको रुपमा गणतान्त्रिक व्यवस्था स्थापना भएकाले भाषा, सांस्कृतिक परम्परा र वेशभूषालाई जगेर्ना गर्ने काममा नगरपालिका लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकले अर्को पर्व मनाइरहँदा अरुको भावनामा ठेस पुग्ने काम गर्नुुहँुदैन ।” कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव दिनेश लामाले तामाङ समुदायको महान् राष्ट्रिय पर्वको बिदा काटिएकामा त्यसलाई सङ्घीय सरकारले नै बिदा दिएर ल्होछारको सम्मान गर्नुपर्ने बताउनुभयो । नगरपालिकाभरिका सबै समुदायको उपस्थितिमा भएको कार्यक्रममा राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहेको थियो ।
––– रासस

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ७ : ५३ बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे