२०८३, २ आश्विन शनिबार

मध्यतराईमा पूर्वराजा ज्ञानेन्द्रको बढ्यो चलखेल

मध्यतराईमा पूर्वराजा ज्ञानेन्द्रको बढ्यो चलखेल


काठमाडौं,माघ २२ :करिब दुई सातादेखि सिमरा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ । पूर्वराजाले सोमबार बेलुकासम्म २ सय ५० जनाभन्दा बढीसँग भेट गर्नुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

नितान्त व्यक्तिगत भ्रमण भन्दै मध्यतराई र पूर्वी तराईको भ्रमणमा निस्कनुभएका ज्ञानेन्द्रले तराईका राजावादीलगायत विभिन्न व्यक्तिसँग भेट गर्नुभएको छ ।
भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आग्रह गरेका थिए । सिमरास्थित प्रभु शमशेरको निवासमा बस्दै आउनुभएका ज्ञानेन्द्रले हिजो सोमबार सिमरास्थित राममन्दिरमा पूजाअर्चना गर्नुभएको थियो ।

केही दिन सिमरा बसाइपछि उहाँ सपरिवार झापा जाने कार्यक्रम रहेको छ । पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र केही आफन्तसँग सिमरा बस्दै आउनुभएका ज्ञानेन्द्र करिब डेढ महिना लामो कार्यक्रम लिएर मध्य र पूर्वी नेपाल भ्रमणमा निस्कनुभएको छ ।

प्रकाशित मिति : २०७५, २२ माघ मंगलबार  ७ : २१ बजे

औषधिको आपूर्ति व्यवस्थापनका लागि ‘रियल टाइम मनिटरिङ’ प्रणाली आवश्यक : डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा

संविधानको जग भत्काएर होइन, त्यसैमा टेकेर अघि बढ्नुपर्छ : डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान संशोधन गर्दा

संविधान संशोधनअघि पूर्ण कार्यान्वयनको समीक्षा आवश्यक : संविधानविद् अधिकारी

काठमाडौं । संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारीले संविधान

स्थानीय तहमै खेलाडीको प्रतिभा पहिचान गर्नुपर्छ : मुख्यमन्त्री थापा

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव

संविधानलाई कानुन होइन, संस्कारको रुपमा अभ्यास गर्नुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले संविधान