२०८३, २४ आश्विन आईतबार

‘कृषिलाई समाजसँग जोड्नुपर्छ’ : मुख्यमन्त्री पोखरेल

‘कृषिलाई समाजसँग जोड्नुपर्छ’ : मुख्यमन्त्री पोखरेल


रुपन्देही, २१ माघ :प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले समाज रुपान्तरणका लागि कृषिलाई समाजसँग जोड्नुपर्ने बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ र बुटवल उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा आजदेखि शुरु भएको कृषि मेलालाई सम्बोधनगर्दै उहाँले कृषि जनताको जीवनस्तर उठाउने माध्यम भएकाले समाजसँग जोड्नुपर्ने बताउनुभयो ।

उहाँले व्यावसायिक कृषि प्रणालीमा नजाँदासम्म कृषि क्षेत्रको विकास सम्भव नभएको धारणा राख्नुभयो । कृषिको व्यवसायीकरण र बजारीकरणका लागि वाणिज्य सङ्घले नेतृत्व गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले किसानलाई सम्मान गर्ने बानीको विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषिमा बढ्दो परनिर्भरतालाई घटाउन जरुरी छ, यसका लागि कृषकलाइ प्रेरित गर्ने खालका कार्यक्रम ल्याउनुपर्छ ।”

वाणिज्य सङ्घका अध्यक्ष खिमबहादुर हमालले युवालाई कृषिमा आकर्षित गरी विदेशिनबाट रोक्न सकिने बताउनुभयो । उहाँले कृषि क्षेत्रमा उपयुक्त लगानीको वातावरण निर्माण गरी उत्पादन बढाएर प्रदेशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको धारणा राख्नुभयो । बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको मेलामा माटो र बोटबिरुवा परीक्षणको व्यवस्था मिलाइएको छ । कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ बुटवल मण्डपमा आयोजित मेलामा उन्नत जातका बीउबिजनको बिक्री वितरण र कृषि कर्जा तथा बीमाको व्यवस्था मिलाइएको छ । मेलामा नेपालका ४५ जिल्लामा उत्पादित कृषिउपज प्रदर्शनीका लागि राखिएको छ । छ दिनसम्म चल्ने मेलामा १२५ कक्ष राखिएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २१ माघ सोमबार  ६ : २३ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री