२०८३, ३० जेष्ठ आईतबार

सरकार जनताप्रति जिम्मेवार : मन्त्री बाँस्कोटा

सरकार जनताप्रति जिम्मेवार : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, २१ माघ :सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार जनता र देशप्रति जिम्मेवार भएको बताउनुभएको छ । महाभारत गाउँपालिका–५ चारकिल्लास्थित ग्रामोन्नति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा निर्माणार्थ दुई वटा भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकारप्रति जनताको विश्वास खेर जाँदैन, सरकार जनता र देशप्रति जिम्मेवार छ ।” उहाँले सडक, विद्यालय, अस्पताल, सञ्चार प्रविधि तथा विश्वविद्यालयमा जनताको विश्वास पोखिने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले जनताको मागलाई ‘अधिकार’को सङ्ज्ञा दिँदै वर्तमान अवस्थामा देशको बजेटले भ्याउने जति विकास निर्माणका काम गर्दै जाने बताउनुभयो । “जनतासँग लिएको कर विकास निर्माणमा लगानी गरेर जनतालाई नै फर्काएका छौँ, यो काम सरकार इमन्दारितापूर्वक गर्छ”, उहाँले भन्नुभयो । मन्त्री बाँस्कोटाले यो सरकार गरीब जनताको झुपडीमा गयो, हेपिएकाको आवाज बुलन्द पार्दै गयो, समानताको कुरा गर्दै हिँड्यो भनेर केही तत्वको रातदिन निद्रा हराउन थालेको बताउनुभयो ।

सरकारले निजी विद्यालयमा ताला नलगाउने बताउनुभयो । “अहिले त झन् भाइभाइ मिल्लान् भनेर कसरी फुटाउन सकिन्छ भनेर उपाय खोज्दैछन्”, उहाँले ब्याङ्ग्यात्मक शैलीमा थप्नुभयो, “उनीहरुलाई थाहा छैन जस्तो छ भाइभाइ एक ढिक्का भइसके ।” मन्त्री बाँस्कोटाले संसद्मा पेश भएका कानून पास गर्न अवरोध पु¥याउनु गलत भएको धारणा राख्नुभयो । उहाँले ग्रामोन्नति माविलाई ४८ वटा कम्प्युटरको दुई वटा ल्याब व्यवस्था गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा सङ्घीय सांसदद्वय गङ्गाबहादुर तामाङ र नविना लामा, प्रदेश सांसद रत्न ढकाल, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले निर्वाचनका प्रतिबद्धता क्रमैसँग पूरा गर्दै जाने बताउँदै शैक्षिक सुधारमा बजेट बढाउनुपर्ने धारणा राख्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ माघ सोमबार  ८ : ४६ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क