हेटौँडा, ४ माघ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार समृद्धिसहितको विकास चाहेको उल्लेख गर्दै विकासका हरेक कदम ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनेतर्फ अग्रसर हुने बताउनुभएको छ । एशियाली विकास बैंकद्वारा आयोजित कार्यक्रममा उहाँले एडिबीले लगानीको क्षेत्रलाई परिवर्तन गर्नुपर्ने र उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । जनताको बीचमा धेरै कुरा पु¥याउनुपर्ने आवश्यकता…