२०८३, २४ आश्विन आईतबार

अझै आधुनिक प्रविधिहरु भित्राएर भूमिलाई व्यवस्थित गरौं : मन्त्री अर्याल

अझै आधुनिक प्रविधिहरु भित्राएर भूमिलाई व्यवस्थित गरौं : मन्त्री अर्याल


काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मामारी अर्यालले समग्र जग्गा प्रशासनलाई व्यवस्थित गर्ने कुरामा सफलता मिल्नेगरी काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ। दोस्रो विश्व नापी दिवसको सन्दर्भमा आज (बिहीबार) नापी विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले समग्र जग्गा प्रशासनलाई व्यवस्थित गर्ने कुरामा सफलता मिल्नेगरी काम गर्न आग्रह गर्नुभएको हो ।

जग्गा प्रशासनका सन्दर्भमा धेरै काम गर्न बाँकी रहेको भन्दै मन्त्री अर्यालले अब हरेक कुरामा प्रविधिको प्रयोग गरेर जानुपर्ने बताउनुभयो । ‘अब हामीले हरेक चिजमा प्रविधिको प्रयोग गर्नुपर्छ । नापीसँग जोडिएका प्रविधिलाई आएकालाई अधिकतम प्रयोग गर्ने र अझै बढी आधुनिक प्रविधिहरु भित्राउने र भूमिलाई व्यवस्थित गर्ने’, मन्त्री अर्यालले भन्नुभयो । मन्त्री अर्यालले अहिले कानुन बन्नेक्रममा रहेको समेत बताउनुभयो । ‘समग्रमा जग्गा व्यवस्थापनको कानुन बन्न सकेको छैन । हामी यसमा लागेका छौ ‘, उहाँले भन्नुभयो ।

भूमि मन्त्रालय अन्तर्गतको कार्यालयहरुको छबि जनतामाझमा बिग्रिएको भन्दै मन्त्री अर्यालले बिग्रेको छबि सुधार गर्ने कुरामा आफू चिन्तित रहेको बताउनुभयो । अहिले अप्ठ्यारो परिस्थिति रहेको भन्दै उहाँले ती कार्यालयहरुको शुद्धताका निम्ति सहयोग गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । ‘मन्त्रालयको काँधमा आएको अभिभारालाई पुरा गर्नका निम्ति तपाईहरुले हामीलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ’मन्त्री अर्यालले भन्नुभयो, ‘तपाईहरुको संस्था पेशागत हकहितको कुरा मात्रै गर्ने नभएर तपाईहरुपनि यो देशको नागरिक भएकोले राष्ट्रको उन्नति, प्रगति, विकासका निम्ति, सुशासनका निम्ति तपाईहरुले पनि हामीलाई सहयोग गर्नुस् । राज्यलाई सहयोग गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ ।’

प्रकाशित मिति : २०७५, ७ चैत्र बिहीबार  ६ : १४ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि