२०८३, २४ आश्विन आईतबार

‘स्थानीय तहलाई केन्द्रसँग पक्की सडकले जोड्नुपर्छ’ : मुख्यमन्त्री पौडेल

‘स्थानीय तहलाई केन्द्रसँग पक्की सडकले जोड्नुपर्छ’ : मुख्यमन्त्री पौडेल


हेटौँडा, १ चैत : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रत्येक स्थानीय तहलाई केन्द्रसँग पक्की सडकले जोड्नुपर्ने बताउनुभएको छ । प्रदेशसभाकोे प्रदेश मामिला समितिद्वारा आज यहाँ आयोजित बजेट कार्यान्वयन र प्रगति विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले प्रत्येक स्थानीय तहमा कम्तिमा १५ शै्याको अस्पताल तथा एउटा उद्योग ग्राम निर्माण गरिने बताउनुभयो ।

अन्तरक्रियामा प्रदेशसभा सदस्यका जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले एकीकृत बस्ती निर्माणको कामलाई प्राथामिकतामा राखेको जानकारी गराउनुभयो । उहाँले एकीकृत बस्ती निर्माणका लागि सरकारले प्रकृयासमेत अगाडि बढाइसकेको बताउनुभयो ।

उहाँले मकवानपुरमा १६० वटा घर बनाउने तयारी भइरहेको र दोलखा, रामेछाप र सिन्धुलीमा पनि एकीकृत बस्तीको निर्माण प्रकृया अगाडि बढेको जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशले जटिलता सगै अवश्यक कानून निर्माण गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तर्फबाट प्रमुख सचिव आनन्दराज ढकाललगायत सचिवले मन्त्रालयले सम्पादन गरेका कार्य विवरण पेश गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १ चैत्र शुक्रबार  ८ : ५९ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि