२०८३, १५ कार्तिक आईतबार

अनुमतिपत्र मात्रै लिएर काम गर्नुस : मन्त्री पुन

अनुमतिपत्र मात्रै लिएर काम गर्नुस : मन्त्री पुन


काठमाडौँ, १ चैत: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कानूनी दायराभित्र रहेर तोकिएको काम गर्न र राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर जलविद्युत् आयोजनामा तीव्रता साथ काम गर्न आग्रह गर्नुभएको छ । विभिन्न जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग मन्त्रालयमा आज आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले आयोजना मात्रै जिम्मा लिएर बस्ने र काम नगर्ने प्रवृत्ति त्याग्न र तोकिएको समयमा निर्माण सक्न ध्यानाकर्षण गराउनुभएको हो ।

“हामी समस्या समाधानका लागि प्रतिबद्ध भएर नै लागेका छौँ”, मन्त्री पुनले भन्नुभयो, “वास्तवमै समस्या समाधान होओस् भन्ने पक्षमा सरकार छ, हामी प्रवद्र्धकको माग र समस्याको समाधान गर्न चाहन्छौँ, सरकारको इच्छा र चाहनालाई समेत प्रवद्र्धकले ध्यान दिनुपर्छ ।” उहाँले काम नगर्ने र केवल आयोजना मात्रै लिएर बस्ने प्रवृत्ति त्याग्न प्रवद्र्धकलाई आग्रह गर्नुभयो । उहाँले सरकारले उत्पादन भए जति सबै विद्युत् खरीद गर्ने प्रतिबद्धता जनाइरहेको बेला निजी प्रवद्र्धकले समेत सरकारको सोच र चाहनालाई सम्बोधन गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

वन क्षेत्रको जग्गा प्रयोग, जग्गा प्राप्ति तथा अन्य समस्यासमेत समाधान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको र अन्तर सरकारी निकायबीच समेत समन्वयको प्रयास गरिएको उल्लेख गर्दै मन्त्री पुनले आयोजनाको अनुमति मात्रै लिने र काम नगर्ने प्रवृत्ति भने सरकारलाई सह्य नभएको बताउनुभयो । सरकार ऊर्जा तथा जलस्रोतका क्षेत्रमा देखिएको समस्या समाधान गरेर आर्थिक समृद्धिलाई प्रभावकारी रुपमा अगाडि बढाउन तयार रहेको भन्दै उहाँले निजी क्षेत्रले पनि त्यसमा साथ दिनुपर्ने बताउनुभयो । यस्तै निर्माण सामग्रीको सुरक्षा र गुनासो आउने गरेको भए पनि समाधानका लागि कोसिस गरिएको उहाँको भनाइ छ । छलफलमा विभिन्न १७ आयोजनाका प्रवद्र्धकको सहभागिता थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १ चैत्र शुक्रबार  ७ : ०३ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग