काठमाडौँ, १४ फागुन: गृहमन्त्री रामबहादुर थापाले शहीदले देखाएको बाटोमा प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालको इतिहासमा राजनीतिक, सामाजिक परिवर्तनका निम्ति नेपाली सपूतले असाधारण बलिदान गर्नुभएको छ, परिवर्तनका लागि दशौँ हजारको बलिदान भएको छ, हजारौँ बेपत्ता तथा घाइते हुनुहुन्छ, शहीदको चाहना…