काठमाडौं, ७ मंसिर : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चरम उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग तीन घण्टा गोप्य भेटघाट गरेका छन् । पार्टीभित्रको विवाद बढेर फुटको संघारमा पुगेकै बेला प्रधानमन्त्री ओलीले संसद्को दोस्रो ठूलो दल कांग्रेसका सभापति देउवासँग गोप्य भेटवार्ता गरेका हुन् ।…