२०८३, ३१ भाद्र बिहीबार

सरकारको तर्फबाट मिडियामाथि कुनै दबाब, निर्देशन र नियन्त्रण हुँदैन् ? प्रधानमन्त्री ओली

सरकारको तर्फबाट मिडियामाथि कुनै दबाब, निर्देशन र नियन्त्रण हुँदैन् ? प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मिडियालाई सरकारको तर्फबाट कुनै दबाब, निर्देशन, नियन्त्रण नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सव समारोहमा उनले ३०, ३५ वर्ष अगाडिसम्म मिडियाहरुलाई मनमा लागेको कुरा लेख्ने स्वतन्त्रता नभएको भन्दै अहिले प्रधानमन्त्री र सरकारबाट कुनै प्रकारको दबाब, निर्देशन, नियन्त्रण नभएको बताए ।

उनले भने, ‘गोरखा पत्रले धेरै उतारचढाव देखेको छ । यही उतारचढावलाई झेल्दै विकास भएको छ । त्यो बेला कति गाह्रो थियो होला सम्पादकिय लेख्न आज त तपाई के सम्पादकिय लेख्नु हुन्छ त्यसमा कहिले सरकारबाट यसो लेख भनेको आएको छ र, प्रधानमन्त्रीबाट कहिले कुनै प्रकारको दबाब, निर्देशन, नियन्त्रण, इरासा भएको छ र, आँखा पनि झिम्काउदैँन् त्यता तिर सरकारले आज त तपाईहरु जे मनमा लाग्छ त्यही लेख्न स्वतन्त्र हुनु हुन्छ तर ३०, ३५ वर्ष अगाडिसम्म यस्तो स्वतन्त्रता थिएन् ।’

यस्तै, उनले अनलाइनको समयमा पत्रपत्रिकाको काम छैन भन्ने भाष्य गलत भएको भन्दै गोरखापत्रको सान्दर्भिकता कहिले पनि कम नहुने बताए । उनले भने, ‘कतिले भन्छन् अनलाइनको समयमा पत्रपत्रिकाको काम छैन् तर वास्तवमा डिजिटलमा खोज्न गाह्रो हुन्छ, राख्न गाह्रो हुन्छ त्यसकारण यो गोरखापत्रको सान्दर्भिकता कहिले पनि कम हुदैँन् ।’

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार  २ : ५३ बजे

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण

भृकुटीमण्डपमा घरजग्गा एक्स्पो सुरु, हदबन्दी समस्या समाधान गर्ने सभामुखको प्रतिबद्धता

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण

भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ

काठमाडाैँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका