२०८२, ५ पुस शनिबार

कांग्रेस सांसदले ५ दिनको तलब बाढी पहिरो प्रभावितलाई दिने

काठमाडौं ३० असार : प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितलाई आफ्नो पाँच दिनको तलब सहयोग गर्ने भएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति मार्फत संघीय संसदमा रहेका आफ्ना सांसदहरुको पाँच दिनको तलब दिने घोषणा गरेका छन् ।