२०८३, २३ आश्विन शनिबार

नेकपा विवाद : ओली आक्रामक, प्रचण्ड रक्षात्मक

नेकपा विवाद : ओली आक्रामक, प्रचण्ड रक्षात्मक


काठमाडौं, २४ कार्तिक सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद थप पेचिलो बन्दै गएको छ । बैठक बस्ने–नबस्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीचको विवाद पुनः उत्कर्षमा पुगेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठक नबोलाउने अडान लिएसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच नेताले अध्यक्ष ओलीलाई लिखितरुपमा नै पत्र बुझाएर तत्काल बैठक बोलाउन माग गरेका छन् ।

सचिवालयका बहुमत सदस्यले लिखितरुपमा नै बैठकको माग गरेपछि ओलीले पूर्व एमालेका नेताहरुलाई एकै ठाउँमा ल्याउने गृहकार्य अगाडि बढाएका छन् । प्रचण्डसँग सम्बन्धमा दरार आएपछि यसअघि दुई पटक वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टै भेटवार्ता गरेका ओलीले आइतबार पुनः नेपालसहित चार नेतासँग भेटवार्ता गरेका छन् ।

ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी एक नेताले बताए । ती नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘पार्टीमा गम्भीर संकट देखापरेको छ, यस्तो बेला विवाद समाधान गरेर अगाडि बढ्न तपाईंको सहयोग चाहियो, हिजो पनि हामीले यो पार्टी निर्माण गरेका हांै, अब मिलेर अगाडि बढ्नु प¥यो ।’

जवाफमा नेता नेपालले पार्टीले गरेको निर्णय कार्यान्वयन नहुँदा अहिलेको अवस्था सृजना भएको बताउँदै ओलीलाई कार्यशैली सच्याउन आग्रह गरेका थिए । छलफलमा नेता भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतको सहभागिता रहेको थियो ।

आइतबार दिउँसो साढे एक बजेदेखि सवा चार बजेसम्म ओलीले नेपालसहितका चार नेतासँग छलफल गर्नुभएको थियो । नेता भीम रावलले पार्टीभित्र उत्पन्न समस्या केकसो हो भनेर विचार आदानप्रदान भए पनि ठोसरुपमा कुनै पनि सहमति नभएको बताए ।

शनिबार बालुवाटारमा ओली र सचिवालयका प्रचण्डसहितका ५ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीचको भेटवार्तामा चर्काचर्की भए पनि विना निष्कर्ष टुंगिएको थियो । अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउनु पर्ने दबाब रहेको छ । पछिल्लो छलफल र भेटवार्तामा ओली आक्रामकरुपमा प्रस्तुत हुँदै आएको बताइएको छ ।

त्यसै गरी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंका पूर्व एमालेहरुको भेला भएको छ । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका हुन् ।

भेलालाई सम्बोधन गर्दै पोखरेलले पार्टीभित्रको जारी विवाद समाधान गर्न भूमिका खेल्न आग्रह गरेका थिए । पूर्वएमाले भेला भनिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने भेलामा सहभागी नभएको बताइएको छ ।

केही दिनअगाडि मात्रै अध्यक्ष ओलीले प्रदेश–१ का आफूनिकट नेतासँग भर्चुअल बैठक गरेका थिए । मदन भण्डारी फाउन्डेसनको ब्यानरमा प्रधानमन्त्रीले आफूनिकट नेतालाई सम्बोधन गरेपछि नेकपाभित्र असन्तुष्टि देखिँदै आएको छ । नेपाल समाचार पत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, २४ कार्तिक सोमबार  ९ : २० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य