२०८३, २२ आश्विन शुक्रबार

नेता पाण्डेमाथिको दुर्व्यवहार बहुदलीय जनवादको कोर्स होइन : मन्त्री योगेश भट्टराई

नेता पाण्डेमाथिको दुर्व्यवहार बहुदलीय जनवादको कोर्स होइन : मन्त्री योगेश भट्टराई


काठमाडौ ६ मंसिर : नेकपाका स्थायी समिति सदस्य तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हुलहुज्जत जनताको बहुदलीय जनवादको कोर्स हुन नसक्ने बताएका छन् ।

स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनको राप्ती नगर कमिटीको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीनिकट कार्यकर्ताहरूले नाराबाजी गर्दै दुर्व्यवहारको प्रयास गरेपछि भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन, विमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता हो ।’

पाण्डेमाथि दुर्व्यवहारको प्रयास भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले वक्तव्य जारी गर्दै घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

तत्कालीन एमालेको नवौँ महाधिवेशनमा महासचिवको उम्मेदवारसमेत रहेका पाण्डे ईश्वर पोखरेलसँगको कडा प्रतिस्पर्धामा सात मतले पराजित भएका थिए । नयाँ पत्रिका

प्रकाशित मिति : २०७७, ६ मंसिर शनिबार  ७ : ३२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य