काभ्रेपलाञ्चोक, १६ कात्तिक: प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले देश समृद्ध बनाउने विषयवस्तुको खोजी गरिनुपर्ने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ३ नं प्रदेशद्वारा काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले अब समृद्धिको विषय पहिचान गरी अभियान थाल्ने बेला आएको बताउनुभयो ।…