२०८३, २३ आश्विन शनिबार

विप्लवसँग एकै दिन दुई चरणको वार्ता

विप्लवसँग एकै दिन दुई चरणको वार्ता

दुवै पक्ष समान धारणा नजिक : भट्टराई


काठमाडौँ, २० फागुन । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको वार्ता विषयवस्तुमा प्रवेश गरेको छ । बुधबार बिहान पहिलो चरणमा भएको वार्तापछि साँझ पुनः दोस्रो चरणमा भएको वार्ता विषयवस्तु केन्द्रित भएको हो ।

दोस्रो चरणको वार्तापछि सामाजिक सञ्जालमार्फत् सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले वार्ता विषयवस्तु केन्द्रित रहेको उल्लेख गरेका हुन् । उनले दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमा भट्टराईले भनेका छन्,’ नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सा‘झ सम्पन्न भयो । वार्ता विषय केन्द्रित रह्यो । दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’

यसअघि बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई पक्षबीच भएको पहिलो चरणको वार्तामा आफ्ना नेता तथा कार्यकर्तालाई रिहा गर्न विप्लव समूहका वार्ता टोलीका सदस्यहरुले शर्त राखेका छन् ।

त्यस्तै सरकारी वार्ता टोलीका सदस्यले चन्द समूहसँग भएका हातहतियार राज्यलाई बुझाएपछि मात्रै वार्ता प्रक्रिया सहज हुने शर्त अघि सारेका छन् ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा चन्द नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा, र केन्द्रीय सदस्य उदय चलाउने सहभागी थिए । सरकार र चन्द समूहले मंगलबार मात्र आआफ्ना तर्फबाट वार्ता टोली बनाएको घोषणा गरेका थिए । सरकारले २०७५ फागुन २८ गते चन्द समूहलाई ध्वंसात्मक गतिविधि गरेको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २०७७, १९ फाल्गुन बुधबार  १० : ०९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य