२०८३, १ आश्विन शुक्रबार

ओली समूहसँग एक सयभन्दा बढी सांसद रहेको दाबी

ओली समूहसँग एक सयभन्दा बढी सांसद रहेको दाबी

ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही : मुख्य सचेतक भट्टराई


काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफूहरुसँग एक सयभन्दा बढी सांसदहरु रहेको दाबी गरेको छ । नेकपा दाहाल नेपाल समूहले आफूहरुसँग ९३ सांसद रहेको दाबी गरिरहेका बेला शुक्रबार मात्र ओली पक्षको संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईले उक्त दाबी गरेका हुन् ।

शनिवार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरु रहेको जिकिर गर्दै संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयारी अवस्थामा रहेको बताएका हुन् । उनले भने–‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दाबाका साथ भन्छु–उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं । उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भने पनि एक सयभन्दा बढी सांसद छन् ।’

प्रमुख सचेतक भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरुले डटेर सामना गर्ने पनि बताए । तर पार्टीका सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने चेतावनीसमेत उनले दिए ।

प्रकाशित मिति : २०७७, १५ फाल्गुन शनिबार  ८ : ५९ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी